काठमाडौं– सरकारले वैदेशिक रोजगारीको विकल्प तत्काल खोज्नतिर नलागे भविष्यमा ठूलो सामाजिक मूल्य चुकाउनुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन्।
_x000D_
_x000D_
दुर्गा रायमाझीको स्वर, शब्द र लयमा रहेको ‘फर्क दाइ फर्क’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री विष्टले आर्थिक समृद्धिका लागि आवश्यक युवा शक्ति पलायन रोक्न श्रम मन्त्रालयले आवश्यक योजना तयार गरिरहेको जानकारी दिए।
_x000D_
र्
_x000D_
देशभित्र श्रम र रोजगारीको सम्मान नहुँदा युवा पलायन हुने क्रम वार्षिक रुपमै बढ्दै गएको छ। यसको अन्त्य गर्ने जिम्मेवारी श्रम मन्त्रालयलाई थपिएको छ। यो जिम्मेवारी जसरी भएपनि पाँच वर्षभित्र पुरा गर्ने योजना मन्त्रालयसँग छ।’, मन्त्री विष्टले भने, ‘करिब ६० लाख श्रमिकको भविष्य देशभित्रकै रोजगारीमा देखेको छु। अहिले करिब ४० लाख श्रमिक देशभित्रै रोजगार छन्। बाँकी युवालाई देशभित्रै रोजगार बनाउन वार्षिक १ लाख ५० हजार रोजगारीका अवसर सिर्जना गर्दै लैजाने तयारी र वातावरण निर्माण हुँदै छ।’
_x000D_
_x000D_
देशको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा गएका युवाले ठूलो सहयोग गरेपनि यसका विकल्प खोज्ने बेला आएको नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकास शर्माले बताए।
_x000D_
_x000D_
राज्यले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न नसकेसम्म विदेश पलायन रोक्न सक्ने अवस्था नहुने उनको दाबी छ। उनले भनेर्, चोक–चोकमा हल्लिएर राज्यले रोजगारी दिएन भन्दै गाली गर्दै बस्ने युवाभन्दा मलेसिया र खाडीमा गएर रोजगारी गर्नेले देश विकासमा ठूलो योगदान र सहयोग पुर्याएका छन्।’
_x000D_
_x000D_
सर्जक रायमाझीले गीतमार्फत वैदेशिक रोजगारीमा रहेका युवालाई देश फर्कन सन्देश दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।