उदयपुर– इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८ बबलाबाट एक महिलालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ।
सोही स्थान बस्ने ४५ वर्षीय देवकुमारी थापामगरलाई बुधबार ३० केजी ३६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरिएको हो।
पक्राउ परेकी मगरले आफ्नै घरमा भण्डारण गरी राखेको उक्त प्रतिबन्धित लागू औषध गाँजा बरामद गरी निजलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।