काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिनुमा आपत्तिजनक रहेको ठहर गरेको छ। आइतबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले बूढीगण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर भइसकेको अवस्थामा फेरि पनि गेजुवा कम्पनीलाई सुम्पने निर्णयलाई अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ।
_x000D_
_x000D_
कांग्रेस नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले यो परियोजना स्वदेशी लगानीमै बनाउन सकिने ठहर गरेको थियो। त्यसका लागि नेपाली जनताको लगानी सहभागिताको प्रक्रियासमेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेका बेला सरकारबाट यस्तो निर्णय आउनु आपत्तिजन रहेको कांग्रेसको भनाइ छ।
_x000D_
_x000D_
'कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन्। तर कुनै प्रक्रिया नअपनाई बिना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
_x000D_
_x000D_
सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति सजग रहनसमेत कांग्रेसले अपिल गरेको छ। स्वदेशी पुँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनुपपर्ने कांग्रेसको माग रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।