काठमाडौँ– आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ।
जसअन्तर्गत बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल हुनेछ।
त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल हुनेछ। त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।