काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरअघि सकिएको छ।
_x000D_
_x000D_
पार्टी विवादबारे छलफल गर्ने अनुमान गरिएको बैठक नेताहरुको विदेश भ्रमणको रिपोर्टिङमै सकिएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
_x000D_
_x000D_
बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध बिस्तारको लागि उच्च स्तरिय भेटघाट भएको र सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
_x000D_
_x000D_
त्यस्तै बैठकमा माधव नेपालले चीन र घाना भ्रमण र प्रवक्ता श्रेष्ठको चीन भ्रमणका विषयमा अवगत गराएका थिए।
_x000D_
_x000D_
अघिल्लो सचिवालय बैठकपछि पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा आज छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए। 'यही २४ गते बिहान ८ बजे अर्को सचिवालय बैठक बस्ने निर्णय गर्यो', श्रेष्ठले भने, 'विवाद भनिएका विषयमा त्यही बैठकमा छलफल हुनेछन्।'
_x000D_
_x000D_
२४ गतेको बैठकले स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय पनि सोमबारको बैठकले गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।