दाङ– देउखुरीमा गाडीले किचेर एकजनाको मृत्यु भएको छ।
लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
आफ्नै घरअगाडि रोकिराखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए ।
तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।