काठमाडौं– नेपाल क्रिकेट संघ (क्यानले) आईसीसी टी–२० विश्वकप तयारीका लागि भारत जाने टोलीको नाम सार्वजनिक गरेको छ ।
भारतीय दूतावासको सहकार्य र भारतीय क्रिकेट कन्ट्रोल बोर्डको सहयोगमा २१ जुलाईदेखि अगष्ट ३ सम्म भारतको बेंलुरुमा हुने अभ्यासमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
दोस्रो चरणको उक्त बन्द प्रशिक्षणका लागि २० जना जाने भएका छन् । बेंलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण हुनेछ । बाँकी खेलाडीहरुको प्रशिक्षण नेपालमै नियमित हुने क्यानले जनाएको छ ।
भारत जाने टोली
रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह, भिम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।