काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी अधिकारीलाई निलम्बान गरिएको छ। निलम्बनमा पर्नेमा सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्।
_x000D_
_x000D_
धामी सोको (सिन अफ क्राइम अफिसर) हुन् भने साउद मृत निर्मलाको कपडा धुने प्रहरी जवान हुन्। उनीहरुको गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।
_x000D_
_x000D_
योसँगै निलम्बनमा पर्ने प्रहरी अधिकारीको संख्या ७ पुगेको छ। यसभन्दा अघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परेका थिए।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।