काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ।
_x000D_
_x000D_
नेकपाको सचिवालय बैठक चलिरहेका बेला अख्तियार प्रमुख घिमिरे सोमबार बिहान बालुवाटार पुगेका थिए। अख्तियार प्रमुख आएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक रोकेर उनीसँग भेट गरेका थिए। भेटमा घिमिरेले अख्तियारको अनुचित कार्य फर्काउन पहल गरिदिन आग्रह गरेका थिए।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले उनको प्रस्तावमा दलहरुबीच छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे। अख्तियार प्रमुखमा नियुक्त भएपछि घिमिरले पहिलो पटक प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटका भएको कुराकानीबारे घिमिरले बोल्न मानेनन्। अख्तियार स्रोतका अनुसार प्रधानमन्त्रीसँगको यो नियमित भेटघाट भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।