काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालै सार्वजनिक अडिओ आफ्नो नभएको दावी गरेका छन्।
आज मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन्।
यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता जोडिएको घुस प्रकरण विवादमा मन्त्री अधिकारी पनि मुछिएका छन्।
त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्। मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ।’
उनले यसलाई चरित्रहत्या गर्ने प्रयास भएको पनि बताए।
‘यो शुद्ध चरित्रहत्या गर्ने प्रयास हो। कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभीष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए। मैले हुन्नँ भनें। त्यसपछि यी कुराहरू बाहिर आए।’
११ मिनेट बढीको अडिओमा मन्त्री अधिकारीलाई ३२ लाख घुस डिलसँग जोडेर कुराकानी भएको सुन्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।