काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका छन्।
विद्युत विकास विभागको ३२औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले नीति र नियमले काम रोकिएको भए सुधार गरेर भएपनि जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका हुन्।
ऊर्जा अब केवल उज्यालो दिने माध्यम नभइ मुलुकको समृद्धिसँग गाँसिएको विषय भएकाले निजि क्षेत्र मिलेर सरकार अघि बढ्ने उनले बताए।
उनले वर्तमान सरकारको प्राथमिकता देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गर्दै प्राकृतिक स्रोतको प्रयाप्त सदूपयोग गर्न सके ऊर्जा क्षेत्रव्यापार र समृद्धिको मूल स्रोत बन्न सक्ने धारणा राखेका ।
ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने बताए।
कार्यक्रममा सेवानिबृत कर्मचारीहरु मधु प्रसाद भेटवाल, अरुण कुमार झा र सरिता प्रधानलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।