काठमाडौं– युएईको जेलमा रहेका १२० जना नेपालीको बाँकी सजाय मिनाहा गरिएको छ ।
बुधबार नेपाली राजदूतावास अबुधाबीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरूको सजाय मिनाहा सम्बन्धी जानकारी दिएको हो ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा युएईको जेलमा रहेका १२० जना नेपालीहरूलाई बाँकी सजाय अवधि मिनाहा गरेको हो ।
आममाफी प्रदान गरेकोमा नेपाली राजदूतावासले अबुधाबी संयुक्त अरब इमिरेट्स सरकारप्रति आभार समेत व्यक्त गरेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।