काठमाडौँ– अभिनेत्री मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ।
कोइरालाले सामाजिक संजालमा सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै यस विषयमा जानकारी दिएकी हुन्।
‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु। यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्दिन’, उनले अगाडि भनेकी छन् ‘मेरो जीवनको कथालाई महत्त्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद।’
थुप्रै बलिउड हिट फिल्म दिइसकेकी मनीषा क्यानसरलाई जितेर नयाँ जीवन पाएकी हुन्। उनी पछिल्लोपटक संजयलीला भन्सारीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ मा देखिएकी थिइन्। जहाँ उनले निर्वाह गरेको मलिकाजानले निकै प्रशंसा बटुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।