काभ्रे– अनलाइन जुवा खेलाउने ५ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नगरकोटमा रहेको नाल्दुम भिलेज रिसोर्ट एण्ड ग्रीन पिस रेष्टुरेण्ट नामक होटलमा बसेर अनलाइन जुवा खेलाउने ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ ईमाटोलका ३२ वर्षीय दिगज नकर्मी, ४ कमल बिनायकका २८ वर्षीय सञ्जिव कुशी, त्यहिँका २४ वर्षीय रोशन प्रजापति, सुर्यविनायक नगरपालिका–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं–१६ शान्तीनगर बस्ने २१ वर्षीय राजन महर्जन रहेको जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार, उनीहरुको साथबाट ५ थान ल्यापटप र १८ थान मोबाइल बरामद गरिएको छ। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।