• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरला नाका पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : प्रधानमन्त्री

64x64
नेपाल लाइभ मंगलबार, असार ३१, २०८२  ११:५१
1140x725

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन्।

मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन्। 

यही असार २४ गतेको गोसाईंकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका जाँदा नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए।

 प्रधानमन्त्री ओलीले आफूले बेनीघाट–कोरला बाटो निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथको भ्रमण गराएको, मुक्तिनाथ केबलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएको, स्याउको सुपर जोन निर्माण र च्याङ्ग्रापालन आदि काममा प्राथमिकता दिएको पनि स्मरण गराएका छन्। 

प्रधानमन्त्री ओलीसँग प्रतिनिधिमण्डलले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क उठाउँदा पर्यटकहरुमा कमी आएकाले पर्यटन रोयल्टीबारे पुनः विचार गर्न माग गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

साथै कालिगण्डकी करिडोरको कागबेनी–कोरला सडक खण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोरला नाकामा पूर्णरुपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो। 

कोरला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुख्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ। 

सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटेल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो।

प्रतिनिधिमण्डलमा सङ्घीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वुु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए। कागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने छ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसारत्यसैगरी, चितवन–काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ। आइतबार, भदौ २८, २०८३
भोटेकोशी बाढी : प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको हवाई उद्धार, जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र ‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । लाङटाङमा संयुक्त टोलीले सुरुङभित्र ड्... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्