काठमाडौं– काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउनेगरी महानगरको नगर सभा सुरु भएको हो।
दिउँसो दुई बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो।
गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए।
राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ।
आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।