मोरङ– मोरङमा करिब ३ हजार १ सय ५० किलो गाँजा बरामद भएको छ।
जिल्लाको कटहरी गाउँपालिका–३ कटहरी चोकबाट करिब ३ हजार १ सय ५० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको हो।
प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले को.१ ख. ४५१८ नम्बरको ट्रक तलासी गर्दा १ सय ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो। गाँजा लिएर आएका चालक प्रहरीलाई देखे लगत्तै फरार भएका थिए।
प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।