इलाम– प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल आज उद्घाटन गरेका छन्।
बृहत् खानेपानी आयोजनाको शिलान्याससमेत गरेका प्रधानमन्त्री ओलीले सो पालिकाका १७६ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन्।
कार्यक्रममा उनले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए।
मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयवासीलाई प्रधानमन्त्री ओलीले आग्रह गरे।
प्रधानमन्त्री ओलीलाई मेयर खम्बासिंह लिम्बूले मागपत्र पनि बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।