अर्घाखाँची– अर्घाखाँचीमा सामान्य घर झगडामा मदिराले मात्तिएका छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ ।
सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर हत्या गरेर नजिकैको मलखातामा पुरेका हुन् ।
झुपे जंगबहादुरका झड्केलो छोरा रहेको स्थानीयले प्रहरीलाई बताएका छन् । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बुधवार दिउँसो घरमै हत्या गरेको र मदिराले मात्तिएर रिसको झोकमा कुटपिट गरेर बुबाको हत्या गरेपछि शवलाई मलभित्र पुरेको जनाए ।
मदिराले मात्तिएका झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीको पक्राउमा परेका थिए । अहिले कुटपिट गर्ने झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मल्लको भनाई छ ।
छिमेकीसमेत रहेकी वडा सदस्य मिना श्रेष्ठका अनुसार जंगबहादुरले कान्छी श्रीमती बिहे गरेर ल्याउने बेलामै झुपे जन्मिसकेको र बासखर्कमा आएर हुर्केका हुन् ।
उनले दिनभरजसो मदिरा खाएर हल्ला गर्ने गर्दथे । बुधवार भने आमा नभएको समयमा बाबुलाई हत्या गरेर नजिकैको मलखातामा गाडेको अवस्थामा भेटिएको श्रेष्ठले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।