काठमाडौँ– काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ।
मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।
बालेनको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ।
प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो। अब कार्यपालिका बोलाइएसँगै बजेटको अन्योलता हटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।