काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले पूर्वप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन्।
सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन्।
मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन्। हस्ताक्षरलगत्तै उनलाई सञ्चारकर्मीले घेरेका थिए। संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन्।
‘म कुनै पनि पार्टीमा आबद्ध छैन। एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ’, उनले भनिन्।
उनले अघि भनिन्, ‘जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।