रसुवा– तिब्बतको ल्हेन्दे खोलामा मंगलबार आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि भएको विध्वंसले ठूलो जनधनको क्षति भएको छ ।
तर बाढीको कारण भने अहिलेसम्म पनि यकिन हुन सकेको छैन । बाढीबाट प्रभावित रसुवागढी, गोसाइँकुण्ड टिमुरे क्षेत्र अस्तव्यस्त बनेको छ।


बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन्। दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता भएका हुन्।
बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ। स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

-1752126863.png)


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।