पर्सा– पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ।
एक होटेलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानी घाटका नौ वर्षे बालक बजरंगी रौनियारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटेलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो।
प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, “अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको हो।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।