काठमाडौं– विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ।
बुधबार अदालतमा एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरि एनएस/आइएसओ ९००१:२०१५ प्राप्त गरेको जनाएको हो।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्यायसम्पादन भन्दापनि प्रशासनको कार्यमूल्याङ्कनका आधारमा आइएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए।
आइएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्वपूर्ण सफलता भएको भन्दै उनले आगामी दिनमा अदालतको प्रशासनलाई थप चुस्ततुरुस्त बनाउदै अघि बढ्ने प्रतिवद्धता जनाए। अध्यक्ष कुँवरले विशेष अदालतले म्याद तामेली र फैसला कार्यान्वयनमा जोड दिएको जानकारी दिए।
विशेष अदालतले चालू आर्थिक बर्षको असार २५ गतेसम्म २०६ मुद्दाको लगतमध्ये १२३ वटा फछ्यौट भइसकेको जानकारी गराएको छ। जसमा लक्ष्य अनुसारको फछ्र्यौट प्रगति ७१ दशमलव ९२ प्रतिशत रहेको अदालतका अध्यक्ष कुँवरले जानकारी दिए।
आगामी दिनमा अदालतलाई पेपरलेस बनाउने, मुद्दा दर्ता हुनासाथ स्क्यानिङ्ग गरि डिजिटल फाइल बनाउने, कानूनको म्यादभित्र मुद्दा फछर्यौट कार्यलाई निरन्तरता दिने अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।