काठमाडौँ– नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सरकारबाट पाउने तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि दिने घोषणा गरेका हुन।
रसुवागढीमा मङ्गलवार आएको बाढीले प्रभावित क्षेत्रमा खर्च गर्नको लागि कोषमा तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको समितिलाई जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।