जनकपुर– मधेस प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ।
११ दिनपछि आइतबार सुरु भएको बैठकमा बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले विरोध गरेपछि स्थगित भएको हो।
दिउँसो २ बजे बसेको बैठकमा विपक्षी दलहरूले विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित भएको थियो। त्यसपछि अर्को बैठक नबस्दै सोमबार १ बजेसम्मका लागि स्थगित गरिएको हो।
बैठकमा मुख्यमन्त्री,भौतिक मन्त्री,अर्थमन्त्रीसहित दलका नेताहरू समेत उपस्थित नभएपछि स्थगित गरिएको प्रदेशसभाको सचिवालयले जानकारी दिएको छ। बैठक सुरु नहुँदै विरोध हुन थालेपछि स्थगित गरिएको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बताए।
बैठकमा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, राप्रपा, सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा उठेर विरोध जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।