काठमाडौँ– संघीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरुण चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउन लागेका छन् ।
आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।
उनले भनिन्, ‘पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनुका साथै सरकारबाट पनि फिर्ता हुने निर्णय गरिसकेको छ, सोही अनुसार आज राज्यमन्त्री चौधरीले राजीनामा दिन लाग्नुभएको हो ।’
शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।