काठमाडौं– सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।
_x000D_
_x000D_
वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुने सरकारका प्रवक्तासमेत रहेका गाेकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उल्लेख गरेका छन्। अब श्रमजीवि पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ। विगत ३ वर्षयता पत्रकारकाे तलब समायाेजन हुन सकेकाे थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।