काठमाडौं– इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन छ ।
बिहीबार मध्यराति स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।
दुर्घटनामा परी उनका भाईको पनि निधन भएको छ । २६ वर्षीय आन्द्रे जोटा पनि फुटबलर हुन् ।
२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत थिए। प्रारम्भिक जानकारी अनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ। डियगोको केही दिनअघि मात्र विवाह भएको थियो । रोयटर्सका अनुसार उनको विवाह गत जुन २२ मा रुट कार्दोसो हुन् । उनीहरुका तीन सन्तान छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।