काठमाडौँ– नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताएका छन्।
बुधवारको समितिको बैठकमा बोल्दै घिमिरेले कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरूलाई आम नागरिकले गिज्याइरहेको बताएका हुन्।
उनले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरु पनि यसको छानबिनको दायरामा आउने बताए। उनले यो घटना सामान्य नभएको बताउँदै सिङ्गो सदनको अवहेलना भएको जिकिर गरे।
उनले भने, ‘नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, यो सामान्य खालको घटना होइन। समितिको मात्र होइन, सिङ्गो संसद्को अवहेलनाको काम गर्नुभएको छ।’ सांसद घिमिरेले आम नागरिकले सांसदहरूले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरूको बेइज्जत गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।