काठमाडौं– संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ।
बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन्।
त्यसअघि बैठकको शुन्य समयमा राष्ट्रिय सभाका सदस्यहरुले संघीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानविन हुनुपर्ने माग गरेका थिए। राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले निजामती बिधेयकमा चलखेल भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरे।
त्यस्तै राष्ट्रियसभा सदस्य बिष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरुलाई सच्चाउन माग गरे। उनले विधेयकमाथि चलखेल गर्नेमाथि छानविन गरेर काहवाही गर्न माग गरेका छन्।
त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएपछि त्यसबिपरित विधेयक आएको भन्दै आपत्ति जनाए। कानून निर्माण जस्तो बिषयमा भएको किर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारवाही गर्न उनले माग गरेका छन्।
त्यस्तै अन्य सदस्यहरुले समेत निजामति विधेयकका सन्दर्भमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।