वीरगञ्ज – स्रोत नखुलेको २८ लाख रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार पर्सा प्रहरीले स्रोत नखुलेको उक्त रकम सहित पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का विनित श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दीपक कुमार सोनारलाई पक्राउ गरेको हो।
वीरगन्जको विभिन्न ठाउँबाट तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता किशोर लम्सालले बताएका छन्।
उनका अनुसार पक्राउ परेकाहरूमाथि अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।