काठमाडौं– चीनको चच्याङ क्षेत्रमा बसेर व्यवसाय गर्ने व्यवसायीबाट गठित गैर आवासिय नेपाली संघ क्षेत्रीय समिति चच्याङको अध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन्।
चच्याङ यीवुको होटल सांग्रिलामा १४ असारमा सम्पन्न संघ क्षेत्रीय समिति चच्याङको सातौं महाधिवेशनबाट २०२५(२०२७ का लागि भण्डारी अध्यक्षमा चयन भएका हुन्।
कार्यक्रमको सभापतित्व श्री आकाश गुरुङ (अध्यक्ष, एनआरएनए आरसी चच्याङ २०२३–२५) ले गरेका थिए।
प्रमुख अतिथिका रूपमा एनआरएनए एनसीसी चीनका उपाध्यक्ष श्री यादव अर्याल, विशेष अतिथिका रूपमा उपाध्यक्ष श्री राजकुमार खरेल, र एनसीसी चीनका महासचिव, सचिव, सल्लाहकार तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्री गोविन्द भण्डारी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री बाबुलसिंह राजबंशी, र वार्षिक प्रतिवेदन महासचिव श्री सुजित ब्यान्जु ले प्रस्तुत गरेका थिए।
पूर्व पदाधिकारीहरू — संस्थापक अध्यक्ष श्री विनोद तिमल्सिना, निवर्तमान अध्यक्ष बिमलराज कडेल, र सल्लाहकारहरूले भावी योजनाहरू प्रस्तुत गर्दै संस्थाको गतिशीलताको चर्चा गरे।
कार्यक्रमको समापनमा नयाँ कार्यसमिति गठन भएको थियो।
नयाँ कार्यसमितिका पदाधिकारीलाई निवर्तमान अध्यक्ष विमलराज कँडेलले सपथ ग्रहण गराएका थिए।
यस कार्यकालको नव निर्वाचित कार्यसमिति :
• अध्यक्ष: गोविन्द भण्डारी
• उपाध्यक्ष : सुजित ब्यञ्जु
• महासचिव: जीवन मैनाली
• सचिव: प्रविन झवाली
• कोषाध्यक्ष: राजु मगर
• सदस्यहरू (८ ):
• • सुवास भट्टराइ
• • राजन देवकोटा
• • देवेन्द्र बुढाथोकी
• • माया मगर
• • अर्जुन रेग्मी
• •लक्ष्मण शर्मा
• • धर्म प्रसाद पराजुली
• • ललित कार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।