काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कुल विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको एसइई परीक्षाको नतिजामा कुल विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने ३८.१९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी भएकामध्ये १ लाख ६७ हजार ५९७ जनाको एनजी आएको बोर्डले जनाएको छ। एनजी आएकाहरुको पुरक परीक्षा साउन २९ गते तोकिएको छ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजीमा पर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।