काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सवको अवसरमा यही असार २३ गते निर्मल निवास खुला गरिने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको हो ।
पूर्वराजाको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । जस अनुसार जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।