काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन्।
संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन्।
समितिको आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको बैठकमा सभापति न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिइन्। उनले बैठकमा को बारे, के उजुरी भन्ने खुलाइनन्।
उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।