चितवन– नारायणगढ-मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका हुन्।
हेटौंडाबाट लामो एक्स्काभेटर ल्याएर अड्केका ढुंगा झार्न लागेको उनले बताए।
तुइन खोलामा बेलाबेलामा पहिरो गएर बाटो थुनिने गरेको छ। पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गर्न लागिएको हो।
असार ३ गते सुक्खा पहिरो खस्दा दिउँसो ४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो। साना ढुंगा खसेर गाडीमा क्षति समेत पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।