काठमाडौं –नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य अंकले बढेको छ । बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको थियो ।
आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ४० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।