काठमाडौं– नेपाल प्रियिमर लिग सिजन २ का लागि लुम्बिनी लायन्सद्वारा मार्की खेलाडी रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ ।
लुम्बिनीले रोहितसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेक गौतमलाई टिममा रिटेन (कायमै) गरेको छ ।
सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकास अग्री र आरिफ खानलाई रिलिज गरिएको लुम्बिनीले जनाएको छ ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले सम्पूर्ण खेलाडीलाई विशेष धन्यवाद दिँदै एपीएलको यात्रामा उनीहरूको योगदान अमूल्य रहेको र सधैं परिवारको हिस्सा रहिरहने बताए ।
लुम्बिनी लायन्स ‘गर्वको गर्जन’ लाई अझ बुलन्द बनाउँदै अघि बढिरहेकाले नयाँ सिजनमा थप उत्साहका लागि समर्थकको निरन्तर साथ र माया अपेक्षाको अपेक्षा गरिएको जीसीले विज्ञप्तिमार्फत जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।