हेटौंडा– त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड शुक्रबार र शनिबार दिउँसो सवारीसाधनको आवागमन बन्द हुने भएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन कार्य गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी आवागमन रोक लगाइएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, 'शुक्रबार र शनिबार त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत रानीभञ्ज्याङ क्षेत्रमा मर्मत सम्भार र ह्युम पाइप बिछ्याउने काम हुने भएकाले दुई दिन दैनिक चार घण्टा राजपथ बन्द गरिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।