• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मध्यपूर्वमा तनाव चर्केसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर बढ्दो

64x64
नेपाल लाइभ सोमबार, असार ९, २०८२  १८:५४
1140x725

काठमाडौं– इजरायल-इरानबीच चर्किएको द्वन्द्वमा अमेरिका समेत जोडिएपछि मध्यपूर्वको तनावको असर पेट्रोलियम पदार्थमार्फत नेपालमा छिटै पर्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

नेपाल आयल निगम (एनओसी)का अधिकारीहरूले देशमा स्वचालित बिक्री मूल्य प्रणाली लागु रहे तापनि 'ठूला तथा अप्रत्याशित अन्तर्राष्ट्रिय घटना'का बेला सरकारले 'विशेष निर्णय लिन सक्ने' बताउने गरेका थिए।

निगमका प्रवक्ताले अबको झन्डै एक सातामा आउने अर्को दरसँगै नयाँ अवस्थाको एउटा झल्को आउने र सोहीअनुसार निर्णयहरू लिइने बीबीसीलाई बताएका छन्।

हाल प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगम (आईओसी)ले पठाउने मूल्य सूचीका आधारमा नेपालमा मूल्य निर्धारण हुने गर्छ।

"युद्ध सुरु भएदेखि नै तेलको मूल्य भारतमा बढिरहेको छ। जसकै औसत हामीले पाउने मूल्य हुने हुँदा त्यो उल्लेख्य बढ्ने आशा गर्न सकिन्छ," प्रवक्ता मनोजकुमार ठाकुरले भने।

करिब एक दशकपछि दुई वर्षपछि नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थका लागि स्वचालित बिक्री मूल्य प्रणाली लागु गरेको थियो।

विसं २०७१ सालमा लागु गरिएको स्वचालित प्रणाली डलरको भाउ उच्च भएको भन्दै केही महिना पनि टिकेको थिएन।

एकजना पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले तेलको भाउ बढिरहे स्वचालित मूल्य प्रणालीका नाममा "जनताको क्रयशक्तिले नभ्याउने मूल्य तोकिराख्न नमिल्ने" बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतबाट आउने दररेटको प्रतीक्षा
हिजो आइतवार ब्रेन्ट क्रुडको मूल्य ज्यानुअरीयताकै उच्च प्रतिब्यारल झण्डै ७९ अमेरिकी डलर पुगेको थियो।

जबकि भारतबाट नेपालले पाएको अघिल्लो भाउ प्रतिब्यारल ६५ अमेरिकी डलर हुँदाको रहेको एनओसी अधिकारी बताउँछन्।

भारतले नेपाललाई दिने मूल्य अन्तर्राष्ट्रिय बजारमा तय हुने कच्चा पदार्थ र ट्र्याक प्रिमिअम भनिने प्रशोधन शुल्कको मूल्यको औसतका आधारमा तय गरिन्छ।
पेट्रोल र डीजलको भाउ नेपालले प्रत्येक १५-१५ दिनमा पाउँछ भने मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य हरेक महिना पठाएपछि त्यसकै आधारमा नेपालमा मूल्य समायोजन हुने गर्छ।

"युद्ध सुरु भएकै दिन ८ देखि १० प्रतिशत कच्चा तेलको मूल्य बढेको थियो। त्यसपछि भारतले पनि महँगोमै किन्नुपर्ने अवस्था आइरहेको छ। त्यसको असर हामीलाई पक्कै पनि पर्ने देखिन्छ," प्रवक्ता ठाकुर भन्छन्।

"लामो समय प्रतिब्यारल ६४-६५ अमेरिकी डलरको आसपास कच्चा तेलको मूल्य बस्यो। अहिले सो मूल्य ७८-८९ डलरतिर पुग्दा हामीलाई मूल्य बढेरै आउने देखिन्छ। अब नयाँ मूल्य आएपछि के कस्तो परिस्थिति देखिन्छ त्यसकै आधारमा निर्णय हुन्छ।" निगमको प्रयास चाहिँ त्यसबेला पनि यो परिस्थिति धेरै लामो समय नचल्ला भन्ने आकलनकै आधारमा स्वचालित मूल्य प्रणाली नै कायम राख्ने भन्ने हुने प्रवक्ता ठाकुर बताउँछन्।

तर उपभोक्ताले थेग्न सक्ने मूल्य हुने-नहुने र त्यसबेला के निर्णय लिने भन्ने विषय नयाँ मूल्य सूची पाएपछि मात्र विश्लेषण गरिने उनी बताउँछन्। पूर्वसचिव पूरुषोत्तम ओझाले केही मूल्य बढ्ने अवस्थालाई रोक्न नसकिने भए पनि स्थिरिकरण कोषका सहायताले केही समय थेग्ने काम गर्नु पर्ने बताउँछन्।

ओझा थप्छन्: "आंशिक रूपमा केही मूल्य बढाएर, आंशिक रूपमा स्थिरिकरण कोषको प्रयोग गरेर र फोसिल इन्धनकै खपत कम गर्ने उपाय लगाएर त्यस्तो अवस्थाको सामना गर्नु पर्ने हुन्छ।"

मूल्य स्थिरिकरण कोषमा निगमले आफ्ना सबै विक्रीको १ प्रतिशत रकम जम्मा गर्ने गर्छ।

नेपालको रणनीतिक भण्डार
नेपालको हालको भण्डारण क्षमताका आधारमा पेट्रोलियम पदार्थ पूर्णतः आयात नभइरहेको अवस्थामा पेट्रोलको भण्डारणले ७ देखि ८ दिन थेग्ने निगमले जनाएको छ। त्यसैगरी डिजल १० देखि १२ दिन, हवाई इन्धन ८ देखि १० दिन र मट्टितेल एक महिनासम्मै धान्न सक्ने अवस्था रहने बताइन्छ।

एलपी ग्यासका हकमा भने आयल निगमको आफ्नै भण्डार नरहेकाले त्यो ५९ वटा ग्यास उद्योगहरूमा भर पर्नु पर्ने अवस्था छ।

ती उद्योगहरूको कुल भण्डारण क्षमता झन्डै १० हजार मेट्रिक टन रहेकामा नेपालको मासिक खपत ५० हजार मेट्रिक टन जति रहेकाले त्यसले झन्डै पाँच दिन धान्न सक्ने बताइन्छ।
आफ्ना परमाणु केन्द्रमा अमेरिकी हमला भएपछि इरानले 'स्ट्रेट अफ हर्मुज' भनिने खाडी क्षेत्रको जल क्षेत्र बन्द गर्ने भन्ने विवरण आइरहँदा पेट्रोलियम पदार्थमा थप मार पर्ने देखिन्छ।

मध्य पूर्वका प्रमुख तेल र ग्यास उत्पादकहरूले पेट्रोलियम पदार्थ ढुवानी गर्न उक्त जलमार्ग प्रयोग गर्ने हुँदा त्यहाँ हुने अवरोधले ठूलो असर तेलको मूल्यमा पर्ने ठानिन्छ।

"त्यस्तो अवस्थामा पनि तेल आउनै रोकिने भन्ने त हुँदैन। वैकल्पिक मार्गहरू प्रयोग गरेर पारवहनका काम हुन्छन्। तर हामीलाई असर पर्ने फेरि पनि चर्को मूल्यमै हो," ठाकुर भन्छन्।

त्यस्तो अवस्थामा कच्चा तेलको भाउ प्रतिब्यारल १०० अमेरिकी डलरसम्म पुग्न सक्ने अग्रणी वित्तीय संस्था गोल्डमन स्याक्स र परामर्शदाता कम्पनी र्‍यापिड इनर्जीले चेतावनी दिएका छन्।

पूर्वसचिव ओझाले विश्वको झन्डै २० प्रतिशत तेल स्ट्रेट अफ हर्मुजको जलमार्गमा‍र्फत् ओसारपसार हुनेमा नेपालको एकमात्र स्रोत राष्ट्र भारतलाई समेत त्यसको असर पर्ने हुँदा नेपाल कसैगरी त्यसको मारबाट बच्न नसक्ने ठान्छन्।

"केही न केही मूल्य त बढ्छ नै। हाम्रो क्रयशक्तिलाई हेरेर कतिसम्म थेग्ने भन्ने मात्र हो।"

इन्धनको मूल्य बढ्नुको असर खाद्यान्नदेखि सम्पूर्ण विकास निर्माणसम्ममा पर्ने भन्दै त्यसमा ठूलो वृद्धि हुने अवस्था हुन नहुने विज्ञहरू बताउने गर्छन्।

राहत दिने उपाय छ?

अमेरिकी हमलाको इराने कसरी प्रतिक्रिया जनाउला भन्ने आकलन भइरहँदा अहिले नै तेल कारोबारको एउटा मुख्य 'बेन्चमार्क' मानिने ब्रेन्ट क्रूड मूल्य पाँच महिनायताकै उच्च बिन्दुमा पुगेको छ।

त्यस्तो अवस्थामा नेपालको वशमा नहुने अवस्थाका लागि पहिले नै राखिएका विकल्पहरूको प्रयोग गर्नुपर्ने हुनसक्ने अधिकारीहरू बताउँछन्।

जस्तो, स्वचालित प्रणालीमा जाँदा उपभोक्तामाथि उच्च मार पर्ने भन्दै मूल्य स्थिरिकरण कोषमा निगमले आफ्ना सबै विक्रीको १ प्रतिशत रकम जम्मा गर्छ।

जसमा १२ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भइसकेको अवस्था रहेको बताउँदै सञ्चालक समितिले आवश्यक निर्णय गरेमा त्यसलाई प्रयोगमा ल्याउन सकिने प्रवक्ता ठाकुर बताउँछन्।

"त्यस कोषले धान्न सक्ने गरी मूल्यवृद्धि हुँदाको अवस्था एउटा छ। तर धेरै नै मूल्यवृद्धि भएमा कुनै पनि कोषले धान्न सक्दैन," उनी भन्छन्।

"रुस-युक्रेन युद्धका बेला तेलको भाउ बढेपछि सो अनुसारको मूल्य समायोजन नगर्दा निगम मासिक १० अर्ब रुपैयाँसम्म घाटामा पुगेको थियो।"

हाल मासिक १ अर्ब रुपैयाँजति मुनाफा गरिरहेको नियमको आर्थिक अवस्था सहज देखिन्छ।

नेपालले आयात गर्ने पेट्रोलियम पदार्थमध्ये आधाभन्दा धेरै भाग डीजलको हुन्छ। त्यसपछि पेट्रोल र एलपी ग्यासको हुन्छ। मट्टितेलको हिस्सा निकै न्यून छ। बीबीसीबाट

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह?
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता
सम्बन्धित सामग्री
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक हवाई उडानको सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गरी विमानस्थल तथ... बुधबार, भदौ ३१, २०८३
कर्जा दुरुपयोगको अभियोगमा थुनामा रहेका व्यवसायी शंकर अग्रवाल १० लाख धरौटीमा रिहा सर्वोच्च अदालतको संयुक्त इजलासबाट जारी आदेशमा अग्रवाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नेयसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न भ... बुधबार, भदौ ३१, २०८३
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत श्रीवास्तवलाई सफल कार्यकाल पूरा गरेकोमा बधाई दिँदै नेपा... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? बुधबार, भदौ ३१, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्