काठमाडौं – नेपाली बजारका आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आइतबार ५ सय रुपैयाँले बढेर तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।