चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।
पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको इभी गाडी ठोकिदा सात जनाको ज्यान गएको र अठार जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ को सोम प्रसाद रुपाखेती,मकवानपुर हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी,हाल नामथर वतन नखुलेको बर्ष १८/१९ की महिला, नामथर नखुलेकी अं. बर्ष २४/२५ की महिला, नामथर नखुलेको अं. बर्ष २२/२३ को पुरुष,नामथर नखुलेकी वर्ष ३०/३५ की गर्भवती महिला र नामथर नखुलेको अं.वर्ष ३५/४० को पुरुष रहेका छन्।मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ।
अन्य घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ।घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अबरोध भएकाले डाइभर्सन बनाएर एकतर्फी सवारी सञ्चलन गरिएको छ । क्रेन बोलाई बाटो खुलाउने कार्य भई रहेको र उक्त स्थानमा इप्रका भण्डाराबाट प्र.नि.रुपेश बिष्ट र इ.प्र.का. खैरहनीबाट प्र.नि.प्रदिपजंग महतको कमाण्डमा र इप्रका टांडीबाट प्रनाउ रन्जन अवाको कमाण्डमा २० जना गरी जम्मा ४५ जनाको टोली खटाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।