काठमाडौं– इजरायल-इरान युद्धका कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धारका विषयमा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले छलफल गरेकी छन् ।
मन्त्रालयस्तरीय बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसहित गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरू उपस्थित थिए ।
ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रुपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरुलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्री राणाले जानकारी दिएकी छन् ।
जसका लागि सम्वद्ध अरु तीन मन्त्रालयका समेत अधिकारीहरु सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी २४ घण्टा काम गर्ने निर्णय पनि भएको उनले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।