काठमाडौँ – नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । बिहीबारको दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।