काठमाडौँ– एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यातेका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले बजेट विभेदकारी रहेको भन्दै सदनभित्रै च्यातेका हुन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप लगाए।
उनले भने, ‘जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी छैन। यो नेता र मन्त्रीमुखी भयो। म यो किताब सदनभित्रै च्यात्ने अनुमति लिएर च्यात्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।