काठमाडौं– अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ।
यद्यपि जसका लागि केही शर्त थपिएको छ। प्रमुखरुपमा पढन् जाने विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्ट भने पब्लिक बनाउन भनेको छ।
यसका लागि, सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ सार्वजनिक राख्न निर्देशन दिइनेछ।
‘हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू अमेरिकामा प्रवेशको लागि योग्य नहुन सक्ने आवेदकहरू, विशेष गरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न प्रयोग गर्छौँ,’ मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भनेको छ।
नयाँ दिशानिर्देशहरू अन्तर्गत, आवेदकहरूको अनलाइन उपस्थिति सहित व्यापक र कडा छानबिन गरिने बताइएको छ।
मन्त्रालयका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै नै यी भिसा आवेदनहरूको तालिका पुनः सुरु गर्नेछन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट रोक्न आदेश दिएका थिए।
ट्रम्प प्रशासनले आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूको गहन अनुसन्धान गर्ने योजनामा काम गरिरहेको बताएको थियो।
ओपन डुअर्सका अनुसार अमेरिकामा २०२३-०२४ मा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी थिए। जसमा पहिलो भारतबाट साढे ३ लाख बढी, दोस्रोमा २ लाख ८० हजारसहित चीनबाट छन् भने करिब १७ हजार नेपाली त्यहाँ अध्ययनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।