काठमाडौँ – नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोवार भइरहेको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको थियो । भने आज ९ सय रुपैयाँले बढेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।