काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थीत राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ।
दुई वटा गैंडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयानुसार करिब ३० महिनाको पोथी गैंडा (पुजा)लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो। केहि दिनअघि २३ महिनाको एउटा भाले गैंडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो।
जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैडाको हेरचाह गर्दै आएका लाल बहादुर महतराले आफुले हुर्काएका ६ वटा गैडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा ल्याइएको बताएका छन्।
पुजालाई यसअघि नै माइलासंगै ल्याउने तयारी गरेपनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए। यससंगै अव सदर चिडियाखानामा गैंडाको संख्या तीन पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।