चितवन– अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ।
भोलि २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयहरुमा सार्वजिक बिदा दिने निर्णय भएको हो।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले यसअविधमा बालबालिकाहरुलाई दिउँसोको समयमा घरबाहिर हिडडुल नगर्न, नदी पोखरीहरुमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन अभिभावकहरुमा अनुरोध समेत गरे। चितवनमा आजको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस हाराहारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।